9851112027 | 9860257329 [email protected]
  • प्रेस सेन्टर न्यूज बैंक
Press Centre
  • गृहपृष्ठ
  • प्रोफाइल
    • हाम्रो बारेमा
    • संस्थापक
    • अध्यक्षको सन्देश
    • महासचिवको सन्देश
  • संगठन
    • समिति
      • सल्लाहकार
      • नीति तथा परामर्श
      • अनुशासन
      • लेखा समिति
    • पदाधिकारी
    • विभाग
  • गतिविधी
  • प्रकाशन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • सुदुर-पश्चिम प्रदेश
    • उपत्यका प्रदेश
    • प्रवास प्रदेश
    • एसोसियट प्रदेश
    • प्रतिष्ठान
  • विचार/अन्तरवार्ता
  • अभिव्यक्ति
  • श्रव्य-दृश्य सामग्री
  • ग्यालरी
  • सम्पर्क
Select Page

प्रेस सेन्टर नेपालको विधान

फोटो ग्यालरी
संस्थापक

हाम्रो बारेमा

प्रेस सेन्टर नेपालको इतिहास

सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर ०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारका रुपमा क्रियाशील जनपक्षीय पत्रकारहरुको राष्ट्रिय भेला आयोजना गरियो । माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले जनपक्षीय पत्रकारितालाई आन्दोलनात्मक ढंगले अघि लैजाने निर्णय गर्दै क्रान्तिकारी पत्रकारहरुको अलग्गै संगठन निर्माण गर्नुपर्ने आवश्यकता वोध गरायो ।

सो भेला लगत्तै माघ १५ गते रुकुमको लाबाङमा क. महेश्वर दाहालको संयोजकत्वमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, नेपाल आयोजक समिति स्थापना भयो । स्थापनापछि संघले जनताको आन्दोलनका पक्षमा जनयुद्धको एक सशक्त मोर्चाको भूमिका निर्वाह गर्यो । जसमा एउटा हातमा कलम र अर्को हातमा बन्दुक बोकेर युद्धका मैदानमा लड्दै गरेका युद्ध संवाददाताहरुको सहभागिता थियो ।

विस्तृत जानकारी ...

संगठन

प्रेस सेन्टर

नेपाल

“सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरूको साझा संगठन”

केन्द्रिय समिति

प्रेस सेन्टर नेपालको केन्द्रीय समिति संगठनको मुख्य आधिकारीक र कार्यकारी निकाय हो । यो महाधिवेशनबाट निर्वाचित गरिन्छ र विधानतः यसको कार्यकाल ३ वर्षको रहेको छ । चितवनमा २०७८ मंसिरमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट प्रेस सेन्टर नेपालको केन्द्रीय समिति १ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो । केन्द्रीय समितिको अध्यक्ष विष्णु सापकोटा जुगल हुनुहुन्छ । केन्द्रीय समितिमा समावेशीताको सिद्धान्त अवलम्बन गरिएको छ । Read More 

प्रदेश समिति

नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पहिलोपटक संघिय संरचनामा जाने संगठन प्रेस सेन्टर नेपाल नै हो । यसको संविधान अनुसारको ७ वटा भौगोलिक प्रदेश समिति, १ उपत्यका प्रदेश समिति, दुईवटा गैर भौगोलिक प्रदेश समिति (प्रष्ठिान र एशोसिएट) तथा १ प्रवास समिति गरी ११ वटा प्रदेश समिति रहेका छन् । संगठनको विधान अनुसार यसको प्रदेश समिति बढिमा ४१ सदस्यीय बनाउने व्यवस्था गरिएको छ । प्रदेश समितिमा १५ जना पदाधिकारी रहनेछन् । जसमा अध्यक्ष १ जना, वरिष्ठ उपाध्यक्ष १ जना, उपाध्यक्ष १ जना, महिला उपाध्यक्ष १ जना, समावेशी उपाध्यक्ष १ जना, महासचिव १ जना, सचिव ८ जना र कोषाध्यक्ष १ जना रहने व्यवस्था गरिएको छ । प्रदेश स्तरमा हुने संगठनको सबै निर्णय र गतिविधिको जिम्मेवारी यस प्रदेश समितिको हुनेछ । यो कार्यकारी अधिकार सम्पन्न संरचना हो । Read More 

जिल्ला समन्वय समिति

प्रेस सेन्टर नेपालको जिल्ला स्तरको संरचना जिल्ला समन्वय समिति हो । यो कार्यकारी अधिकार सम्पन्न समिति होइन । यसले गरेको सिफारिस प्रदेश समितिले अनुमोदन गरेपछि मात्रै लागु हुने व्यवस्था गरिएको छ । जिल्ला समन्वय समिति जिल्ला अधिवेशनबाट निर्वाचित गरिन्छ । जिल्ला समन्वय समिति बढिमा २१ सदस्यीय रहनेछ भने यसमा अध्यक्ष १, उपाध्यक्ष २, सचिव १, सहसचिव २ र कोषाध्यक्ष १ गरी ७ सदस्यीय पदाधिकारी रहेको हुन्छ । महानगर समितिलाई पनि जिल्ला समितिको मान्यता र कार्यकारी अधिकार दिइएको हुन्छ । यसको संरचना जिल्ला समन्वय समिति बराबर हुन्छ ।  Read More 

पदाधिकारी

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी समिति केन्द्रीय समिति अन्तरगत रहेको कार्यकारी समिति हो । हाल संगठनको केन्द्रीय पदाधिकारी ६१ सदस्यीय रहेको छ । केन्द्रीय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको काठमाडौंमा सम्पन्न दोश्रो पुर्ण बैठकबाट अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, उपाध्यक्षहरु १९ जना, महासचिव १ जना, उपमहासचिव १० जना, सचिव २६ जना, कोषाध्यक्ष १ जना र सहकोषाध्यक्ष १ जना गरी ६१ सदस्यीय पदाधिकारी समिति निर्वाचित गरेको थियो । संगठनको महत्वपूर्ण निर्णय लिने काम यस समितिले गर्दछ । यस समितिले गरेको निर्णय केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने व्यवस्था रहेको छ । Read More 

विभाग

प्रेस सेन्टर नेपालको जिल्ला स्तरको संरचना जिल्ला समन्वय समिति हो । यो कार्यकारी अधिकार सम्पन्न समिति होइन । यसले गरेको सिफारिस प्रदेश समितिले अनुमोदन गरेपछि मात्रै लागु हुने व्यवस्था गरिएको छ । जिल्ला समन्वय समिति जिल्ला अधिवेशनबाट निर्वाचित गरिन्छ । जिल्ला समन्वय समिति बढिमा २१ सदस्यीय रहनेछ भने यसमा अध्यक्ष १, उपाध्यक्ष २, सचिव १, सहसचिव २ र कोषाध्यक्ष १ गरी ७ सदस्यीय पदाधिकारी रहेको हुन्छ । महानगर समितिलाई पनि जिल्ला समितिको मान्यता र कार्यकारी अधिकार दिइएको हुन्छ । यसको संरचना जिल्ला समन्वय समिति बराबर हुन्छ ।  Read More 

पालिका समिति

संघिय व्यवसथा अनुसार सबै स्थानिय तहमा एक समिति रहनेगरी पालिका समिति निर्माण गर्ने व्यवसथा विधानमा गरिएको छ । पालिका अधिवेशनबाट पालिका समिति गठन गरिन्छ । पालिका समिति कार्यकारी अधिकार सम्पन्न संरचना हो । यसमा बढिमा ११ जना सम्मको कार्यसमिति रहने व्यवसथ गरिएको छ । एशोसिएट, प्रतिष्ठान शाखाहरु पनि पालिका समितिसरह मान्यता र अधिकार प्राप्त निकाय हुनेछन् ।  Read More 

 

अध्यक्षको सन्देश !

 

नेपाली राजनीतिको परिवर्तनपछिको अवस्थालाई ठोस विश्लेषण गर्दै समाजवादमा संक्रमण हुन अबको आन्दोलनको मूल चरित्र कस्तो हुनुपर्छ भन्ने विषयमा अग्रगामी चेतनासहितका हामी सञ्चारकर्मीले बहसको फोरम चलाउनु पर्छ । हाम्रो संगठन र हामी सम्बद्ध सञ्चारकर्मी, जो जनन्यायको पक्षमा छौ हामीले सबै घटना, गतिविधि र प्रवृत्तिको वैज्ञानिक र समाजशास्त्रीय निरुपण गर्दै अगाडि बढ्नु जरुरी छ । संविधानले भनेझै समाज कसरी समाजवाद उन्मुख हुन्छ ? समाज, समाजवादको सङ्क्रमण चरणमा कसरी पुग्छ ? अनि त्यो समाजवाद कस्तो हुन्छ ? पुँजीवादी/जनवादी क्रान्तिले समाधान….

विस्तृत जानकारी ...

सल्लाहकार समिति

अनुसाशान समिति

नीति तथा परामर्श समिति

आर्थिक समिति

गतिविधिहरू

प्रेस सेन्टर नेपालले तीनै तहका सरकारलाई एकसाथ बुझायो ज्ञापनपत्र

प्रेस सेन्टर नेपालले तीनै तहका सरकारलाई एकसाथ बुझायो ज्ञापनपत्र

प्रेस सेन्टर नेपालले तीनै तहको सरकारलाई एकसाथ ज्ञापनपत्र बुझाएको छ। आइतबार संघीय, प्रदेश र स्थानीय तहका सरकारलाई एकसाथ ज्ञापन पत्र बुझाइएको हो । साथै सबै जिल्ला प्रशासन कार्यालयमा पनि प्रेस सेन्टर नेपालले ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष कमल गिरीको नेतृत्वमा सिंहदबारस्थित मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा...

प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

 काठमाडौं । हाम्रो गौरवशाली संगठन प्रेस सेन्टर नेपालको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण...

प्रेस सेन्टरको नेपालको महाधिवेशन सम्पन्न, अध्यक्षमा गिरी र महासचिवमा घर्ती निर्वाचित

प्रेस सेन्टरको नेपालको महाधिवेशन सम्पन्न, अध्यक्षमा गिरी र महासचिवमा घर्ती निर्वाचित

प्रेस सेन्टर नेपालको अधिवेशन चैत १७ गते सम्पन्न भएको छ ।  काठमाडौंको काठमाडौं ब्याङक्वेटमा सम्पन्न अधिवेशनले बरिष्ठ...

अन्तिम मतदाता नामावली प्रकाशन गरिएको सूचना

अन्तिम मतदाता नामावली प्रकाशन गरिएको सूचना

प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको ५ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ । चैत १२...

अन्तिम मतदाता नामावली प्रकाशन गरिएको सूचना

प्रेस सेन्टर नेपालको मतदाता नामावली प्रकाशित

काठमाडौं । प्रेस सेन्टर नेपालको निर्वाचन समितिले प्रतिनिधि तथा प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको छ । संगठनको...

विस्तृतमा गतिविधिहरू

हाम्रा प्रकाशनहरू

घोषणा पत्र

प्रेस सेन्टर नेपालले विभिन्न समयमा सार्वजनिक …..

मुखपत्र

संगठनको वैचारिक तथा आधिकारिक धारणाहरु… !

प्रेस वक्तब्य

संगठनले सार्वजनिक गरेका आधिकारिक धारणा….

अन्य सामाग्रीहरू

विभिन्न परिवेशमा संगठनले आवस्यक ठानी प्रकाशन….

महासचिवको सन्देश !

 

चुनौतिसंगै पछिल्लो समयमा नेपालमा सुचना सञ्चार र प्रविधीले फड्को मारिरहेको छ । प्रेस सेन्टर नेपालले डिजिटल फ्रेमवर्कलाई आवश्यकता महसुस गरि सुचना सञ्चार र प्रविधीको क्षेत्रमा मौलाई रहेको नविनतम् विकासलाई समेट्दै गईरहेको छ  । प्रेस सेन्टर नेपाल आम श्रमजीवी पत्रकारहरूको पक्षमा, साना लगानीका मिडियाहरूको पक्षमा, सुचनासञ्चारको विकासको पक्षमा, सुशासन, विकास र समृद्धिको पक्षमा र अग्रगामी परिवर्तनको पक्षमा दृढ छ । पत्रकारको क्षमता अभिवृद्धि, मिडियाहरूको व्यवस्थित परिचालन र पुर्ण प्रेस स्वतन्त्रताको पक्षमा कृत संकल्पित र निरन्तर क्रियाशील छ ….

विस्तृत जानकारी ...

विचार / अन्तर्वार्ता

संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष कार्यकारीमा जाऔं : प्रधानमन्त्री प्रचण्ड (सम्बोधनको पुरा पाठ)

संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष कार्यकारीमा जाऔं : प्रधानमन्त्री प्रचण्ड (सम्बोधनको पुरा पाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन...

नेपाल पत्रकार महासंघको आगामी कार्यभार

नेपाल पत्रकार महासंघको आगामी कार्यभार

विष्णु सापकोटा जुगल - देशमा लोकतन्त्र उदय र नेपाल पत्रकार...

जनपक्षीय पत्रकारिता र प्रेस सेन्टरको अबको बाटो

जनपक्षीय पत्रकारिता र प्रेस सेन्टरको अबको बाटो

सन्तोष पौडेल – पत्रकारिता समाजको ऐना हो, कुनैपनि बेलाको...

त्यो परिस्थितिमा सहज रुपमा हामीले जनपक्षीय पत्रकारितालाई अघि बढाउन सम्भव थिएन.. !

त्यो परिस्थितिमा सहज रुपमा हामीले जनपक्षीय पत्रकारितालाई अघि बढाउन सम्भव थिएन.. !

संगीता खड्का -  २०५८ साल मंसिर ११ गतेबाट राज्यले संकटकाल घोषणा गरेयता...

हिजो, आज र अबको पत्रकारिता

हिजो, आज र अबको पत्रकारिता

ओम शर्मा - नेपाली पत्रकारिता सामान्य अवस्थाबाट यहाँ आइपुगेको होइन ।...

इच्छुकको आदर्श र आजका मिडिया

इच्छुकको आदर्श र आजका मिडिया

महेश्वर दाहाल / प्रत्येक वर्षको जेठ १३ गते कृष्ण सेन स्मृति दिवस...

थप विचारहरू

अभिव्यक्ति

कस्ले के भने !

{

हाम्रो पार्टीले विगतदेखि नै प्रेस स्वतन्त्रतालाई सम्मान गर्दै अगाडि बढेको छ। हामीसँग प्रेसलाई लुकाउनुपर्ने केही पनि छैन। प्रविधिको विकाससँगै प्रेसले पनि आफूलाई समयानुकूल परिमार्जन गर्दै जानुपर्ने आवश्यकता छ। जनमतलाई प्रभावित बनाउन वा जिम्मेवार बनाउन प्रेसको ठूलो भूमिका हुन्छ। पार्टी अव्यवस्थित भएको अवस्थामा समेत प्रेस सेन्टरलाई व्यवस्थित बनाउने तपाईंहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।

पुष्पकमल दाहाल "प्रचण्ड"
अध्यक्ष
नेकपा माओवादी केन्द्र
{

अहिले पनि हामी वर्गसङ्घर्षमै छौं। हामीले सरकार, सदन र सडक तीनवटै मोर्चाको सङ्घर्षमार्फत नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्ने, नेपाली मोडेलको २१औं शताब्दीको समाजवाद स्थापना गर्ने भनेका छौं ।  नयाँ ढङ्गको सङ्घर्ष मोर्चा अगाडि बढाउने सन्दर्भमा सञ्चारजगतको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसैले प्रचारयुद्धको विशेष महत्त्व छ । ‘प्रेस सेन्टर नेपाल’ले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ । शुभकामना  !

नारायणकाजी श्रेष्ठ "प्रकाश "
बरिष्ठ उपाध्यक्ष
नेकपा माओवादी केन्द्र

    श्रब्य दृष्य सामाग्री

    फोटो ग्यालरी

    ग्यालरी प्रवेश

    हाम्रो वेवसाइट भिजिट गर्नुभएकोमा हार्दिक धन्यवाद ! हामीलाई सम्पर्क गर्नुपरेमा वा हामीसँग कुनै गुनासो प्रतिक्रिया भएमा…..

    तल उल्लेख गरिएको माध्यमबाट सम्पर्क गर्न सक्नुहुनेछ !

    महत्वपूर्ण लिंकहरू

    हाम्रो बारेमा

    अध्यक्षको  संदेश

    महासचिवको संदेश

    अनलाईन सदस्यता आवेदन

    हाम्रा गतिविधिहरू

    ग्यालरी

    पदाधिकारी

    विभागहरू

    प्रकाशन

    सम्पर्क ठेगाना : केन्द्रीय कार्यालय, काठमाण्डौ महानगरपालिका-११, बबरमहल, काठमाडौं

    फोन सम्पर्क:  9851112027 (महासचिव) | 9860257329 (कार्यालय सचिव)

    E-mail: [email protected]

    • Facebook
    • X
    • Instagram
    • RSS
    © Copyright 2025 Press Centre Nepal. All rights reserved.